दफा १७
सञ्चालकको नियुक्ति
(१) नेपाल सरकार, मन्त्रिपरिषद्ले सञ्चालकको नियुक्ति गर्नेछ । (२) नेपाल सरकार, मन्त्रिपरिषद्ले उपदफा (१) बमोजिम सञ्चालकको नियुक्ति गर्दा आर्थिक, मौद्रिक, बैड्ढिड्ड, वित्तीय, बाणिज्य, व्यवस्थापन तथा बाणिज्य कानून क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुमध्ये अलग अलग क्षेत्रको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।